सुरुङ्गा गोल्ड कप : रुपन्देही– ११ सेमिफाइनलमा

0 Shares

झापा, ५ मङ्सिर । सुरुङ्गामा जारी ‘सहारा सुरुङ्गा गोल्ड कप’ प्रतियोगिताअन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले हराउँदै रुपन्देही–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुपन्देही– ११ का लागि दीपक राईले दुई गोल गरेका थिए । आर्मी क्लबका लागि कप्तान भरत खवासले गोल गरेका थिए । शनिबारदेखि सुरु भएको प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको छ ।

सोमबार झापा–११ र एपिएफ क्लबबीच खेल हुने आयोजक सुरुङ्गा जेसीजका महासचिव रामप्रसाद निरौलाले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार