पर्सा, ५ मङ्सिर । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरी मधेसी, जनजाति, आदिवासी र उत्पीडित वर्गलाई अधिकार सम्पन्न नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
सङ्घीय समाजवादी फोरम नेपाल पर्साले आज पोखरियामा अयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी सबैलाई समान अधिकार र सीमाङ्कनको टुङ्गो नलगाएसम्म निर्वाचनको कुनै औचित्य नभएको बताउनुभयो ।
अध्यक्ष यादवले १५ दिनभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता नगरे मधेसी, मुस्लिम, आदिवासी, जनजाति र विभेदमा पारिएकाले देशभर आन्दोलन गरी संविधान सडकबाटै निर्माण गर्ने चेतावनी दिनुभयो । रासस







