एकता घोषणासभालाई ऐतिहासिक बनाउन निर्देशन

0 Shares

काठमाडौँ, ५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सोमबार हुने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता घोषणासभालाई ऐतिहासिक र अविस्मरणीय बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुुभएको छ ।

पार्टीद्वारा यहाँ आज आयोजित कार्यक्रममा एकीकृत पार्टीलाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच पार्टीको आज बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले समान विचार बोकेका राजनीतिक दलहरुसँग सहकार्य गर्ने नीतिअनुसार हुन लागेको एकतालाई स्वागत गरेको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय एकता, सार्वभौमसत्ता र प्रजातन्त्रको सवलीकरण एवम् सुदृढीकरणका साथै मुलुकको आर्थिक समृद्धिका लागि सशक्त रुपमा अग्रसर हुन आग्रह गरेको छ ।

भोलि १ बजे प्रज्ञा भवनमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण लागि घोषणासभा हुन लागेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार