२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

एमाले संविधान संशोधनमा नअल्झिने



काठमाडौँ, ५ मङ्सिर । नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टी संविधान संशोधनमा अल्झिने पक्षमा नरहेको बताउनुभएको छ ।

युवा सङ्घ, नेपाल प्रचार विभागले आज आयोजना गरेको अन्तक्र्रियामा सचिव भट्टराईले संविधान संशोधनका नाममा मुलुकलाई दीर्घकालीन असर पार्ने विषय समावेश गर्न खोजिएको बताउँदै त्यसको साक्षी एमाले नबन्ने स्पष्ट पार्नुभयो ।

विगतमा संसदीय प्रणालीका नाममा मुलुकमा विकृति आएको बताउँदै उहाँले भन्नुभयो, “शासकीय र निर्वाचन प्रणालीका त्रुटि सच्याउनुपर्छ, एमालेका एक जना पनि सांसद संसदमा भएसम्म राष्ट्रघाती प्रस्तावमा हस्ताक्षर गर्दैनाँै ।”

कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले जनताको त्याग र सङ्घर्षबाट प्राप्त अहिलेको राजनीतिक उपलब्धिलाई जोगाउनपर्नेमा जोड दिनुभयो ।

युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयनका लागि युवा सङ्घले सशक्त खबरदारी कार्यक्रम देशभर सञ्चालन गर्ने जानकारी दिनुभयो ।

सोही सङ्गठनका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले नेपालीलाई अल्पमतमा पार्ने गरी नागरिकताको विषय संशोधन हुन नसक्ने बताउँदै मुलुकलाई हानी पुग्ने विषयमा संविधान संशोधन गर्ने तयारीप्रति सचेत रहन युवालाई आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति : ५ मंसिर २०७३, आइतबार  ५ : ०९ बजे