नेपाली भूमिबाट चीन विरोधी गतिविधि हँुदैन’

0 Shares

काठमाडौँ, ६ मङ्सिर । उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिइने बताउनुभएको छ ।

गृह मन्त्रालयमा आज नेपालका लागि चिनियाँ राजदूत यु होङसँगको भेटवार्तामा गृहमन्त्री निधिले नेपालको विकासमा चीन सरकारले उपलब्ध गराउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्नुभयो ।
सो अवसरमा राजदूत युले नेपालको विकास र समृद्धिमा चीन सरकारका तर्फबाट भइरहेको सहयोग निरन्तर जारी रहने बताउँदै दुई देशबीचको सम्बन्ध थप उचाइमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँहरुबीच द्विपक्षीय सुरक्षा, आर्थिक विकास लगायत विषयमा कुराकानी भएको उप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार