कर्मचारी सङ्गठनको दशौँ अधिवेशन नेपालगन्जमा

0 Shares

काठमाडौँ, ८ मङ्सिर । नेपाल निजामती कर्मचारी सङ्गठनको दशाँै राष्ट्रिय अधिवेशन मङ्सिर २७ देखि नेपालगन्जमा हुने भएको छ ।

तीन दिनसम्म नेपालगन्जमा हुने अधिवेशनको सबै तयारी पूरा भएको सङ्गठनका सदस्य गगनबहादुर विकले जानकारी गराउनुभयो । उहाँका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि उपाध्यक्ष मानबहादुर विष्टको संयोजकत्वमा २५१ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न १५ उपसमिति गठन गरिएको छ ।

‘सङ्घीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने मूलनाराका साथ हुन भइरहेको अधिवेशनले तीनवर्षका लागि ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने सदस्य विकले बताउनुभयो ।

नयाँ कार्यसमितिमा समावेशीसहित १० उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव र एक÷एक कोषाध्यक्ष र सहकोषाध्यक्ष चयन गरिनेछ ।

अधिवेशनको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । सङ्गठनमा अहिले ४० हजार कर्मचारी सहभागी रहेका बताइएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार