सत्तारूढ दल र सङ्घीय गठबन्धनबीच बैठक जारी

0 Shares

काठमाडौँ, ८ मङ्सिर । सत्तारूढ दल र मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनबीच संविधान संशोधनबारे अहिले बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा संविधान संशोधनका विषयबारे छलफल भइरहेको छ ।

संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गराउनेबारे सहमतिको प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनुभएको हो ।

बैठकमा प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्तारुढ नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस लगायत प्रमुख घटकका नेता तथा गठबन्धनका तर्फबाट शीर्षनेताहरुको उपस्थिति रहेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार