५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

एकसय विद्यालयलाई पाँचहजार पुस्तक



त्रिशूली (नुवाकोट), ९ मङ्सिर । जिल्लाका एक सयभन्दा बढी विद्यालयलाई कृष्णप्रसाद पनेरु स्मृति प्रतिष्ठानले पाँच हजार थान पुस्तक प्रदान गरेको छ ।

त्रिभुवन त्रिशूली माविमा बुधबार आयोजित कार्यक्रममा प्रतिष्ठानले त्रिशूली स्रोत केन्द्र र वरपरका विद्यालय गरी ७५ सामुदायिक र २५ वटा संस्थागत विद्यालयलाई पुस्तक प्रदान गरिएको हो । विद्यार्थीका लागि पाठ्यक्रममा रहेका विषय र समसामयिक पुस्तक वितरण गरिएको हो ।

निमित्त जिल्ला शिक्षा अधिकारी सरिताकुमारी पौडेल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेल, आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद पनेरु, त्रिशूली स्रोत केन्द्रका प्रमुख कृष्णबहादुर भण्डारीलगायतले ती पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

सो प्रतिष्ठानले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको उपस्थितिमा गत कात्तिक २० र २१ गते जिल्लामै पहिलो शिक्षक तालिम र सम्मान कार्यक्रम पनि सम्पन्न गरेको थियो ।

राससकर्मी सम्मानित

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याएको जनाउँदै राससका पत्रकार प्रकाश सिलवाल, कुण्डला माविका शिक्षक भरतप्रसाद अधिकारी र त्रिभुवन त्रिशूली उच्च माविका प्रधानाध्यापक महेन्द्र राउतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७३, बिहिबार  ५ : १३ बजे