विदेशमा रहेका नेपालीको मतदान अधिकार सुरक्षित हुनुपर्ने

7 Shares

भद्रपुर, १० मङ्सिर । निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले नीति, मिति र सहमति भएमा निर्वाचन गराउन कुनै पनि कठिनाइ नहुने बताउनुभएको छ ।

निर्वाचन आयोगद्वारा राजनीतिक दल तथा विभिन्न सरोकार भएकाहरुबीच निर्वाचनसम्बन्धी विविध विषयमा अन्तक्र्रिया तथा स्थानीय तहको निर्वाचन लक्षित नुमना मतदान कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन एकै पटकमा गर्न नहुने बताउनुभयो । डा यादवले आयोग कानुनी मान्यतालाई टेकेर शक्तिशाली बन्न चाहेको छ भन्दै विदेशमा रहेका नेपालीको मतदान अधिकार सुरक्षित पार्न पनि आयोग प्रयासरत रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहायक प्रजिअ डम्बरुप्रसाद निरौलाले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न आयोग क्रियाशील रहनुपर्ने बताउनुभयो । आयोगका सहसचिव देशबन्धु अधिकारीले नेपालको संविधानमा निर्वाचनसम्बन्धी व्यवस्था, निर्वाचन आचारसंहिता र स्थानीय तहको निर्वाचन लक्षित नमुना मतदान विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार