समितिका योजनामा भन्दा बाहिर बजेट विनियोजन

0 Shares

पाल्पा, ११ मङ्सिर । जिल्ला खेलकुद विकास समिति, पाल्पाका योजनामा भन्दा बाहिरका योजनामा जिल्लामा बजेट स्वीकृत भएर आउन थालेका छन् ।

खेलकुदले योजना छनोट गरी खेलकुद मन्त्रालयसँग माग गरेका योजनामा बजेट नआउने र बाहिरका योजनामा बजेट आउने गरेका हुन ।

पहुँचका आधारमा मन्त्रालयबाट बजेट विनियोजन हुन थालेसँगै जिल्ला खेलकुद विकास भूमिका विहीन अवस्थामा पुगेको हो ।

योजना छनौट प्रक्रियाबाट जिल्लामा प्रशस्त योजना सङ्कलन हुने गर्दछ । सङ्कलित योजनामध्ये समितिले छनोट गरी मन्त्रालयसँग योजनासहित बजेट माग गर्ने चलन रहेको छ । माग गरेको बजेट भन्दा बाहिरका योजनामा केन्द्रबाट बजेट स्वीकृत भई आउने गरेको खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्लेले गुनासो गर्नुभयो ।

समितिका योजनामा बजेट स्वीकृत नहुनु र प्रत्येक वर्ष बाहिरका योजनामा बजेट सहितको कार्यक्रम आउदा सम्पादनमा समस्या हुँदै आएको हो ।

जिल्ला खेलकुद समितिले बर्सेनि बाहिरका योजनामा बजेट पर्न थालेपछि योजना माग गर्नेसँग बिन्ती गर्नुको विकल्प नै नभएको समितिका पदाधिकारी बताउँछन् ।

मुझुङ्गको कालिका माविको खेलमैदानमा रु तीन लाख माग गरेकोमा अहिले कालिका उमाविको नाममा रु तीन लाख बजेट स्वीकृत भएपछि समितिलाई थप समस्या झेल्नु परेको छ ।
जिल्लाका तीन निर्वाचन क्षेत्रीयस्तरका खेल मैदान निर्माणका लागि रु पाँच लाख बजेट स्वीकृत भएको छ ।

त्यसैगरी पाल्पा निर्वाचन क्षेत्र– १ का सांसद राधाकृष्ण कँडेलले निर्वाचन पूर्वाधार विशेष कार्यक्रमका लागि २३ वटा योजनालाई रु तीन करोड बजेट विनियोजन गर्नुभएको छ । पूर्वी पाल्पालाई सडक सञ्जाल विस्तार गरेर विकास र समृद्धिका लागि जिल्ला विकास समितिमा योजना पेस भएका हुन ।
त्यसैगरी पाल्पाबाट प्रत्यक्ष निर्वाचित निर्वाचन क्षेत्र– १ का सांसद राधाकृष्ण कँडेल, निर्वाचन क्षेत्र– २ का सांसद सोमप्रसाद नेपाल, ३ का सांसद हरिप्रसाद नेपाल मार्फत नौ रु करोड बजेट विकास निर्माणका लागि भित्रिएको हो ।

निर्वाचन पूर्वाधार विशेष कार्यक्रमको सरकारी निकायबाट अनुगमन नहुदाँ काम प्रभावकारी हुन सकेको छैन । प्रभावकारी काम हुन नसक्दा बर्सेनि सरकारी बजेट दुरुपयोग बढेको छ .

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार