२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

शास्त्रीका रचनाको अनुसन्धानमा जोड


११ मंसिर २०७३, शनिबार  

0
Shares

जनकपुरधाम, ११ मङ्सिर । मैथिली साहित्यका आधुनिक कालका प्रथम कवि पण्डित सुन्दर झा शास्त्रीका रचनाको शोध एवम् प्रकाशनको खाँचो औँल्याइएको छ ।

कवि शास्त्रीको ८८ औँ जन्मजयन्तीका अवसरमा जनकपुर बौद्धिक समाजद्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा त्रिवि मैथिली विभाग प्रमुख प्रा डा पशुनाथ झाले शास्त्रीका रचनामा शासकीय आडम्बर, ढोके प्रवृत्ति, भाँडभैलो र आतङ्कप्रति व्यङ्ग्यको चेत विन्यास रहेको बताउनुभयो ।

साहित्यकार रामभरोस कापडी भ्रमरले शास्त्रीका रचनाले सङ्घर्षपूर्ण जीवनलाई गतिशील बनाउने प्रेरणा दिने गरेको छ भन्नुभयो । कवि हिमांशु चौधरीले शास्त्रीका रचना विरोधी तत्वको कलापूर्ण विन्यास भएको प्रसङ्ग उल्लेख गर्नुभयो । अधिवक्ता युगल किशोरले उनका रचनामा विकृति र विसङ्गतिले पिरोलेको स्थिति अभिव्यक्त छ भन्नुभयो ।

कवि रामभरत साहले शास्त्री स्वाभिमानी, क्रान्तिकारी र मुलुकमा उन्नतिको आकाङ्क्षा राख्ने स्रष्टा भएको बताउनुभयो । समाजका अध्यक्ष राजेश्वर नेपालीले उहाँले सिर्जना मार्फत हक र न्यायका पक्षमा वकालत गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ मंसिर २०७३, शनिबार  ६ : ५१ बजे