१ माघ २०८२, बिहिबार | Fri Jan 16 2026

सञ्चारमाध्यम समावेशी हुनुपर्छ”


११ मंसिर २०७३, शनिबार  

0
Shares

 

काठमाडौँ, ११ मङ्सिर । सरकारी र निजी सञ्चारमाध्यम सहभागिता र विषयवस्तुको दृष्टिले समावेशी हुनुपर्नेमा अधिकारकर्मीले जोड दिनुभएको छ ।

जागरण मिडिया सेन्टर, समता फाउन्डेसन र नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घलगायत विभिन्न सङ्घ÷संस्थाद्वारा यहाँ आज आयोजित ‘मावन अधिकारमुखी पत्रकारिता’ विषयक पत्रकार अनुशिक्षण तालिम उद्घाटनका क्रममा पत्रकार तथा अधिकारकर्मीले सबै सञ्चारमाध्यममा आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम, पिछडावर्ग लगायत समुदायको समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार तथा मानवअधिकारकर्मी गणेश घिमिरेले पछिल्लो समयमा पत्रकारिता क्षेत्र जनताका मुद्दामा केन्द्रित हुनेभन्दा पनि राजनीतिक भाषणकरण हुँदै भाषणमै केद्रित हुँदै गएको छ भन्नुभयो ।

राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकेले वर्षौदेखि उत्पीडनमा पारिएको दलित समुदायका सवाललाई सञ्चारमाध्यमले स्थान नदिएको गुनासो गर्नुभयो ।

जागरण मिडिया सेन्टरका अध्यक्ष रेमबहादुर विकले पछिल्लो पटक जातीय भेद्भाव तथा छुवाछूतका घटना सबैभन्दा बढी शिक्षित वर्गबाट नै हुने गरेको जिकिर गर्दै आमसञ्चार माध्यमले छुवाछूत अन्त्य गर्नेतर्फ भूमिका निर्वाह गर्न अपिल गर्नुभयो ।

मानवअधिकारकर्मी एकल सिलवालले दलित, महिला र मधेसी लगायत पछाडि पारिएको समुदायले सबैभन्दा बढी मानवअधिकार हनन्को पीडा भोग्नु परेको अवस्थामा त्यसतर्फ आम सञ्चारमाध्यमको अहम भूमिका हुने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा उपत्यकाका विभिन्न सञ्चारमाध्यममा आवद्ध करिब १५ जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७३, शनिबार  ११ : ०५ बजे