स्थायित्वका लागि संविधान संशोधन ः नेता कार्की

0 Shares

भोजपुर, १२ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले देशको समृद्धि र स्थायित्वका लागि संविधान संशोधन गरेर मधेसका माग पूरा गर्न काँग्रेस लागिपरेको बताउनुभएको छ ।

पूर्व जलस्रोत मन्त्रीसमेत रहनुभएका नेता कार्कीले राष्ट्रिय समाचार समितिसँग कुरा गर्नुहुँदै विगतको सरकारले कनिका छरेजस्तो बजेट ल्याएर राष्ट्रिय महत्वका विकास आयोजनामा चासो नदेखाएको बताउनु भयो । ठूला विकासका पूर्वाधारमा लगानी गरेको खण्डमा मात्र देश विकासको दिशामा अगाडि बढ्ने उहाँको भनाइ छ ।

कम्युनिस्ट सरकारले धनी र गरिबबीचको खाडल अन्त्य गर्ने ठूला सपना बाढे पनि गरिबीको अन्त्य हुन नसकेकाले बेरोजगारी समस्या समाधान गर्नु आफ्नो पार्टीको अबको मुख्य प्राथमिकता रहेको कार्कीले स्पस्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार