४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

मानव बेचबिखनमा ७० वर्षीय वृद्ध कारागारमा



गुल्मी, १६ भदौ । मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध आगामी दश वर्षका लागि कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अँर्घाखाँचीले गत छ महिनाअघि रु ५० हजार बिगो जरिवानासहित दशवर्षका लागि कैद सजाय सुनाएकोे थियो ।

अदालतको फैसलापछि फरार रहेका विकलाई विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो । पक्राउ परेका विकलाई कैद भुक्तानीका लागि जिल्ला कारागार गुल्मीमा चलान गरिएको छ । रासस

प्रकाशित मिति : १६ भाद्र २०७३, बिहिबार  २ : ५१ बजे