स्पर्श लघुवित्तलाई शेयर बिक्रीको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्पर्श लघुवित्त वित्तीय संस्थालाई दुई करोड ६९ लाख ६३ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आज सो संस्थालाई दुई लाख ६९ हजार ६३० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो संस्थाको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ । संस्थाले १०० दरका साधारण शेयर बिक्री गर्नेछ । बोर्डले चालू आवको हालसम्म कूल १५ संस्थालाई साधा...

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

चितवन । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूर...

मन बाहिङद्धारा प्राविधिक शिक्षा अक्षयकोषको लागि १ लाख ५१ हजार मुलुखिमलाई [भिडियोसहित]

काठमाडौं । बाहिङ किरात मुलुखिमका विशिष्ट संरक्षक सदस्य मन बाहिङ राईले प्राविधिक शिक्षा तथा सीप विकास तालिमको लागि १ लाख ५१ हजार १ सय ११ रुपीयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । बाहिङ किरात समुदायमा प्राविधिक शिक्षाप्रति आकर्षण बढाउनको लागि बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमितिको मातहतमा रहने गरी अक्षयकोषको स्थापना गरेको बताएका हुन् । बाहिङ किरात मुलुखिमको पाँचौं राष्ट्रिय सम्म...

ओखलढुङ्गामा अग्नि ग्रुपको नयाँ शोरुम तथा सर्भिस सेन्टर स्थापना

काठमाडौं । अग्नि ग्रुपले हालै आफ्नो महिन्द्रा गाडीहरुका लागि ओखलढुङ्गामा आफ्नो आधिकारिक नयाँ शो रुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापितरुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रहरुमा आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्ने छ । शो रुमको समुद्घाटन कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई, प्रदेश नं १ का सभासद अम्बिरबाबु ...

काठमाडौंमा नक्कली नोटको बिगबिगी, गोंगबुबाट १ लाख ५१ हजार नक्कली नोटसहित क्षेत्री पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुबाट १ लाख ५१ हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमबहादुर कुँवर क्षेत्री छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले उनलाई नक्कली नोटसहित रंगेहात पक्राउ गरेको हो । प्रभागका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार १ सय ५२ थान हजार दरको नोट बरामद भएको बताए । अनुसन्धान अधिकारीहरुका अनुसार गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गण...

शेयर बजार ८.८५ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८१ विन्दुले घटेर २४३.२८ विन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख नौ हजार ८६८ कित्ता शेयर रु ३६ करोड ४३ लाख ६४ हजार ८४९ मूल्यमा खरीद बिक्री भए । कारोवार रकमसमेत आइ...