दार्चुलाका विद्यार्थीले ड्रोन उडाए

दार्चुला । महाकाली नगरपालिका–५ घर भएका १६ वर्षका युवक मनिष जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै आएकाले अहिले चर्चामा छन् । विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी एवं प्र...

नासाको अन्तरिक्ष यान मङ्गलग्रहमा अवतरण, वैज्ञानिकहरुमा खुशीयाली

लस एन्जलस । अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी...

बाल्मिकी एजुकेसन फाउण्डेशन बिर्तामोडका विद्यार्थीले बनाए रोबोट

भद्रपुर । झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ । सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए । कक्षा १० का अनिस दाहालले साथ...

कम्युटर सिकाउने शिक्षक नहुँदा थन्किए

बर्दिवास । महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित सीतापुर माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् । विद्यालय आफैले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक नहुँदा थन्किएका हुन् । कम्प्युटर देखेर विद्यार्थी सिक्न उत्सुक रहे पनि शिक्षक नहुँदा निराश बनेका प्रधानाध्यापक श्रीराम यादवले बताए । उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीयतह...

भिभो मोवाइलको तीन जिल्लाको डिलर ओखलढुंगामा

ओखलढुंगा । भिभो मोवाइलको आधिकारिक डिलर ओखलढुंगामा विनोद इलेक्ट्रिकल सेन्टरले पाएको छ । लामो समयदेखि इलेक्ट्रिकल कारोबार गर्दै आएको सेन्टरले यस अघि सामसङ, एमआइ, आइटेल, लाभा मोवाइल र हिमस्टार लगायतको डिलरसिप लिएको थियो । भिभोको डिलरले ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा कारोबार गर्ने प्रोपाइटर विनोद खत्रीले बताए । उनले भने, ‘युवालाई लक्षित गरेर अत्याधुनिक फिचरसहितको नयाँ ब्राण्ड कारोबार शुरु गरिएको छ...

फेसबुकमा भिडियो अपलोड गरेर यसरी पैसा कमाउनुस् ?

काठमाडौं । यदि तपाई विदेशमा हुनुहुन्छ ? सेप्टेम्बर १ बाट विश्वकै नंबर १ सामाजिक सञ्जाल फेसबुकले लाईभ र भिडियो अपलोड गरेबापत पैसा दिने भएको छ । यदि तपाई विश्वको यी २६ वटा देशमा हुनुहुन्छ भने तपाईले फेसबुकमा भिडियो अपलोड गरेकै भरमा तपाईलाई फेसबुकले पैसा दिन्छ । तर तपाईले फेसबुकका केहि नियमहरु पालना गर्नुपर्छ । तपाई अमेरिका, बेलायत, आयरल्याण्ड, न्यूजिल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टीना, बेल्जियम, बो...