किरात राई पत्रकार संघको वृत्तचित्र यात्रा

0 Shares

काठमाडौं, २७ कात्तिक । किरात राई पत्रकार संघ केन्द्रिय समितिको आयोजनामा मंसिर १७ गतेबाट वृत्तचित्र यात्रा हुंदैछ । ईलामबाट सुरु हुने वृत्तचित्र यात्रा पूर्वाञ्चलका सवै जिल्लामा प्रदर्शन पश्चात राजधानीमा भब्य समापन गरीने कार्यक्रम संयोजक सन्दिप राईले बताए ।

किरात राई पत्रकार संघले स्थापना कालबाट नै सम्पूर्ण किरात राई पत्रकारहरुलाई एकताबद्ध गर्दै उच्च व्यवसायिक अभ्यास, प्राज्ञिक अध्ययन अनुसन्धान तथा ऐतिहासिक विषयवस्तुहरुको दस्तावेजीकरण गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप वृत्तचित्र यात्रा २०७३ गर्न लागिएको उनले बताए ।
अग्रजले इतिहासमा पु¥याएको योगदान स्थानीय तहसम्म वृत्तचित्र मार्फत जानकारी गराउनु र नेपाली राजनीतिमा झनझन पेचिलो बन्दै गएको पहिचानका मुद्दासम्बन्धी आमसमुदायमा रहेको भ्रमको चिरफार गरी वास्तविकता उजागर गर्नु यस यात्राको उद्देय रहेको छ ।
यसको साथै किरात राई पत्रकार संघलाई संस्थागत रुपमा अगाडी बढाउन यस यात्राबाट जुटेको रकमले किरात राई पत्रकार कल्याणकारी कोष समेत स्थापना गरिने उनले बताए । यस वृत्तचित्र यात्रामा पत्रकार जसकुमार राईद्धारा सहिद रत्नकुमार वान्तावाको जीवनीमा निर्माण तथा निर्देशन गरिएको वृतचित्र ‘बलिदान कहिले मर्दैन’ र किरात राई पत्रकार संघका निबर्तमान अध्यक्ष भीषण राईद्धारा पहिचानको विषयमा निर्देशीत वृतचित्र ‘पहिचान’ प्रर्दशन गरिने छ ।

बलिदान कहिले मर्दैन

कम्यूनिष्ट लिडर तथा बान्तवा भाषाका पहिलो गीत लेखक रत्नकुमार बान्तावालाई, २०३५ सालमा ईलामको ईभाँङ भन्ने ठाँउमा पञ्चायत सरकारले गोलि हानेर मा¥यो । त्यो बेला उनलाई नेपालको ‘लेनिन’, अनि ‘होचि मिन्ह’को रुपमा चित्रण गरिन्थ्यो । भियतनामी गुरिल्लाहरूको ‘सुरूङ युद्ध’ बाट प्रेरित भएर रत्नको आप्mनै घरको कोठाबाट सुरुङ खनेर, यूद्धको तयारी गरेका थिए । कम्यूनिष्टहरुको लागि यो सुरुङग आजकाल तिर्थस्थल जस्तो भएकोछ । त्यागी र ईमान्दार मानिएका नेता बान्तावा शसस्त्र यूद्ध विना पुरानो संरचनालाई भत्काउन सकिन्न भनेर विस्वास राख्थे । उनि बान्तावा भाषाका पहिलो लेखक भएकोले उनले लेखेको वान्तावा भाषाको क्रान्तीकारी गीत आजपनि चर्चित छ । यो गीत मार्फत नै उनले आप्mनो जाती वान्तावाहरुलाई संगठन गरि परिचालन गरेका थिए । यो हत्याको १० बर्षपछि नै ४६ सालमा पञ्चयाती शासन ढल्यो । प्रजातन्त्र प्राप्त भयो । यो देशमा जनताको राजनीतिक अधिकार र हैसियत प्राप्त भयो । यो प्रजातन्त्र प्राप्तीको लागि उनको बलिदानको ब्याख्या त्यो बेला धेरै गरियो । वितेका अढाई दशक भित्र रत्नकुमार बान्तावाले नेतृत्व गरेको कम्युनिष्ट पार्टी सत्ताको प्रमुख खेलाडी बनिरहे । खोला त¥यो लौरो विर्सीयो । यो डकुमेन्ट्रीले बलिदानको कथा भन्छ ।

पहिचान

आदिवासी जनजाती नेता गोरेबहादुर खपाङ्गीले दशकौ पहिले पहिचानको मुद्दालाई उठाएका थिए । तर त्यसको खास गुञ्जायस भएन । माओवादीले थालेको सशस्त्र युद्ध शान्ति प्रक्रिया, पहिलो र दोस्रो संविधानसभाको निर्वाचन, संविधानको निर्माण र अहिले त्यसको कार्यन्वयनको चरणमा आईपुग्दा पनि पहिचानको मुद्दा नेपाली राजनीतिको केन्दमा रहेको छ । यस पहिचान वृत्तचित्र यसैको पेरिफेरीमा रहेर निर्माण गरिएको हो । पहिचान पक्षधर र पहिचानको चर्को विरोध यस बीच रहेको भ्रम र वास्तविकता बुझाउन यो वृक्तचित्र साधक हुने छ । विशेषत पहिचानका लागि नेपालको आदिवासी जनजाती, दलित, मुस्लिम, पिछडीएका क्षेत्र, मधेशी र थारुहरुले गरेका सडक आन्दोलनको कथा हो पहिचान ।

‘वृत्तचित्र यात्रा २०७३’ कार्यक्रम तालिका
१. ईलामा मंसिर १७ गते
२. झापा मंसिर १९ गते
३. मोरङ मंसिर २० गते
४. इटहरी मंसिर २१ गते
५. धरान मंसिर २३ गते
६. धनकुटा मंसिर २५ गते
७. भोजपुर मंसिर २७ गते
८. संखुवासभा मंसिर २९ गते
९. उदयपुर पुस १ गते
१०. खोटाङ पुस ३ गते
११. ओखलढुंगा पुस ५ गते
१२. सोलुखुम्बु पुस ७ गते
१३. काठमाडौं पुष १३ गते
balidan-kahilyai-mardaina

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार