गायक धौभडेलको एल्बम अन्ली यू लोकार्पन

7 Shares

११ः काठमाण्डौ, लामो समय र संर्घष पछि भक्तपुरका गायक रोशन धौभडेलको पहिलो एकल गीति संंग्रह “अन्ली यू” एक कार्यक्रममार्फत सार्वजनिक भएको छ । ८वटा गीत रहेको उक्त गीति संग्रहको वरिष्ठ गायक दीप श्रेष्ठ,वरिष्ठ संगीतकार दिपक जंंगम, र वरिष्ठ गीतकार तथा गायक दिपक खरेलले शनिबार एक कार्यक्रमबीच विमोचन गर्नु भयो । एल्बम विमोचनमा वरिष्ठ गायक दिप श्रेष्ठले रोशन धौभडेलको गायन पक्ष साधारण भएपनि यसलाई निरन्तरता दिए अहिलेको समयमा बाँच्न सकिने प्रतिक्रिया दिनुभयो । गायनसंँगै संगीतमा दक्ष देखिएका रोशनले आफ्नो स्वरलाई साँध्दे लगे उत्कृष्ट हुन कसैले रोक्न नसक्ने वहाँको भनाई थियो । उक्त एल्बममा भएका ८वटा गीत मध्ये सातवतामा रोशन धौभडेल आफैले संगीत दिएको छ । बाँकी एउटामा रोशनले सुनिल मोक्तान सँगको सहकार्य गरेर संगीत गर्नु भएको छ । पहिलो एल्बममै धौभडेल परिपक्क देखिन्छ । वरिष्ठ संगीतकार दिपक जंगमले भन्नुभयो । हामीले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुपर्छ । जसले ससाना कमीकमजोरी पछि सुधार हुँदै जान्छन् । गायक आफैले केहि गर्न नसक्ने भएकोले अवसर र प्रोत्साहन पाए रोशनको गायन पक्षको भविष्य उज्ज्वल रहेको भनाई थियो । त्यसैगरी वरिष्ठ गीतकार एवं दिपक खरेलले रोशनको स्वर मल्टी डाइमेन्सन “बहुआयमिक” रहेको प्रतिक्रिया दिनुभयो । उहाँले रोशनको आफ्नै मिठासपूर्ण स्वर भएकोले जुनसुकै गीत गाउँने क्षमता राख्ने दावी गर्नुभयो । रोशन धौभडेल नेपाली साँगीतिक फाँट, बगैचामा नयाँ रुप र रंगको नयाँ फूल हसन सक्ने उहाँको भनाई थियो । रोशनको स्वर अनुसार एल्बममा रक, पप, सुगम सबै गीत छन् ।उहाँले भन्नुभयो, उनले संगीतमा पनि सम्झौता गरेका छैनन् । त्यसैले रोशन नेपाली सांगीतिक बगैचामा नयाँ रुप र रंगको फूल हुन सक्छन् । एलबमका गीतकार एवंम वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीले गीत र संगीतका क्षेत्रमा भक्तपुरमा प्रतिभावन व्यक्तित्वहरु भएपनि प्रचारमा आउन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा गायक रोशनले आफू भारतीय वरिष्ठ गायक किशोर कुमारको स्वरबाट धेरै प्रेरित भएको जानकारी दिंदै १४ वर्षदेखि सांगीतिक क्षेत्रमा लागेको बताए । १४ वर्षको बीचमा करिब तीनवर्षको अथक प्रयासले गर्दा बल्ल एल्बम निकाल्न सफल भएको बताए । उक्त एल्बममा वरिष्ठ साहित्यकार मधिकर्मीसँगै भक्तपुर तलेजुका मुल नाइके नरेन्द« प्रसाद जोशी,मगनबाबु श्रेष्ठ र गायक रोशन स्वयमको गीत रहेकोृ छ । गीति संग्रहमा रहेका गीतहरुको एरेन्ज क्रमश, विवेक शाक्य, बासुदेव श्रेष्ठ, जीवति जल्मी, हेम लामा राजेश हाडा लगायत रहेको छ । कार्यक्रममा मनका धनी गायक धौभडेलले प्रति सि.डी, एकसय ४९ रुपैया राखिएको एल्बमको बिक्री रकम भक्तपुर न.पा ७,स्थित सिद्धि शालिग्राम वृद्धा आश्रमलाई सहयोग गर्ने जानकारी गराए । कार्यक्रममा गायक रोशनले एल्बमका एक गीत समेत गाए । उक्त एल्बम लिब्जु फिल्मस् प्रा.लि ले बजारमा ल्याएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार