म जित्न चाहन्छु : मिरा राई [भिडियो]

  बुद्धवीर बाहिङ
7 Shares

काठमाडौं । विश्व विख्यात टेलिभिजन नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डका लागि अल्ट्रा धाविका मिरा राईले भोट दिन आग्रह गरेका छन् । स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुले भोट दिइरहेकोमा आभार प्रकट गर्दै अझ बढि भोट दिन आग्रह गरेका हुन् ।

विश्वभरका साहसी खेलमध्येबाट १२ औं संस्करणको लागि १० जनाको अन्तिम मनोनयन सूचीमा धाविका राई छनौटमा परेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षक विभाकका उपनिर्देशक महेन्द्र राईले नेपाली छोरी मिरा राईलाई अत्याधिक भोट दिएर जिताउन सबै नेपालीहरुलाइ अनुरोध गरेका छन् । एड्भेन्चर्स अफ द इयर अवार्ड मीरा राईको मात्र नभएर यो अवार्ड सम्पूर्ण नेपालीहरुको भएकाले राईलाई जिताउन प्रत्येक नेपालीको कर्तव्य भएको उपनिर्देशक राईले बताए ।

विश्वभरबाट आउने भोटको आधारमा विजेताको घोषणा सन् २०१७ को जनवरीमा हुनेछ । भोटिङ नोभेम्बर ३ देखि सुरु भइ आगामी डिसेम्बर १६ सम्म चल्नेछ । धाविका राईलाई भोट दिनको लागि तलको लिङमा
http://www.nationalgeographic.com/adventure/adventurers-of-the-year क्लिक गरी Meet the 10 Most Inspiring Adventurers of the Year
को तल Vote every day for the People’s choice मा क्लिक गरी Trail Runner Mira Rai मा क्लिक गरी SEE THE BREAKDOWN मा क्लिक गरी लिङ्ग र उमेर राखी क्लिक गरी भोट गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार