फ्रान्समा एक महिनासम्म नेपाली तस्वीर प्रदर्शनमा राखियो

0 Shares

सम्बेरी फ्रान्स/वागमान कुलुङ । साबोवाको लाक थुईलमा एक महिने नेपाली पर्यटन प्रबद्र्धन कार्यक्रम आयोजना गरिएको छ । अगष्ट १३ देखि सेप्टेम्बर १० सम्म आयोजना गरिने उक्त पर्यटन प्रबद्र्धन कार्यक्रममा डोल्पा, तराई क्षेत्रका जनजीवन, काठमाडौं उपत्यकाभित्रका धार्मिक तथा साँस्कृतिक सम्पदाहरु, पोखरा वरीपरिका प्राकृतिक सौन्र्दयता र लाङताङ क्षेत्रका पर्यटकीय पक्षहरु समेटिएका करिब ३५ वटा भन्दा बढी ठुला चित्रहरु राखिएका छन् । लाक थुइलमा आउने पर्यटकहरु मध्ये करिब सय देखि एक सय पचास पर्यटकहरुले दैनिक उक्त प्रर्दशनी अवलोकन गरिरहेका छन् ।
Nepali-Chitra-Photo-0.
प्रदर्शनीमा नेपालका करिब ६० प्रकारका पर्यटकीय क्षेत्रका फोटोहरु समेत बिक्रीमा राखिएका छन् । बिक्रीबाट उठेको रकमले आयोजक संस्थाहरुमध्येकै एक संस्था सोलिडा शेर्पामार्फत रसुवा र सोलुखुम्बुका बिद्यालय शिक्षाबाट बञ्चित बिद्यार्थीहरुलाई सहयोग गरिने उक्त संस्थाले जनाएको छ ।
Nepali-Chitra-Photo-2.
सोलिया शेर्पा, क्लब अलपाईन सम्बेरी, अलिब्रेट ट्रेकिङ, साटोरी बियो, रोब लिर्भ र मेरी डु लाक थुईलको संयुक्त प्रयासमा भुकम्पपछि खस्किएको नेपालको पर्यटन प्रमोसन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रमको अन्तिम सेप्टेम्बर १० का दिन मेराथुन, साइकिलिङ लगायतका खेल प्रतियोगिता हुने र बेलुका नेपाली खाना सहितको रात्री भोज आयोजना गरेर नेपाली खानाको समेत प्रमोसन गरिने कुरा क्लब अलपाईनका सदस्य तथा कार्यक्रम ब्यवस्थापन सदस्य जन पिअरेले बताए ।
Nepali-Chitra-Photo-3.

Nepali-Chitra-Photo-5.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार