३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

स्थानीय निर्वाचनको लागि १६ दल दर्ता


८ माघ २०७३, शनिबार  

7
Shares

गाईघाट (उदयपुर), ८ माघ । अब हुन गइरहेको स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको उदयपुर जिल्लामा १६ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय उदयपुरमा दर्ता भएका छन् ।

निर्वाचन आयोगले पुस २४ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन दिएका कारण उदयपुरमा पनि सोही मितिसम्ममा १६ राजनीतिक दलले पार्टीको विवरण र जिल्ला समितिको सदस्यको नाम समेत बुझाएको कुरा जिल्ला निर्वाचन कार्यालय, उदयपुरले बताएको छ ।

यसरी जिल्लामा पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (माले), सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल रहेका छन् ।

Sagarmatha

अन्यमा नयाँशक्ति पार्टी, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), तमलोपा, समाजवादी जनता पार्टीले आफ्ना विवरण बुझाएर दललाई आधिकारिक रुपमा दर्ता गरेको कुरा जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतले बताउनुभएको छ ।

अन्य आयोगमा दर्ता नभएका दुई दल एकीकृत नेपाल राष्ट्रवादी पार्टी र नेपाल पूर्व राष्ट्रसेवक पार्टीले समेत आफ्ना विवरण बुझाएको बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : ८ माघ २०७३, शनिबार  ५ : १६ बजे