३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

हुलाकलाई सामुदायिक सूचना केन्द्र बनाइनेछ ः सञ्चारमन्त्री


८ माघ २०७३, शनिबार  

0
Shares

 

हेटौँडा, ८ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउने आफ्नो योजना रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको सूचना केन्द्रको आज उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । मन्त्री कार्कीले जनतालाई सूसुचीत गराउँदा जनताले लोकतन्त्रको आभास गर्ने र विकासमा समेत तीव्रता आउने उल्लेख गर्नु भयो ।
उहाँले हुलाक सेवा हालको सूचना तथा सञ्चारको अत्याधुनिक अवस्थामा कार्यविहीन भएको भन्दै यसलाई सरकारले सूचनाको क्षेत्रमा सदुपयोग गर्नुपर्ने तर्क औंँल्याउनुभयो ।

उहाँले राज्यलाई एफएम् रेडियोले राजस्व बुझाउने भन्दा जन उत्तरदायित्वको पत्रकारिता गर्दा राज्यलाई लाभ हुने बताउँदै रेडियो नवीकरण दस्तुर घटाउनतर्फ आफूले निर्देशन दिएको बताउनुभयो । सञ्चारकर्मीले सकारात्मक समाचार दिएर पाठकको पठन संस्कृतिमासमेत सकरात्मक परिवर्तन गर्नुपर्नेमा सञ्चारमन्त्रीले जोड दिनुभयो ।

Sagarmatha

पत्रकार महासङ्घ मकवानपुर शाखाका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त क्षेत्रीय प्रशासक विश्व प्रकाश सुवेदी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद दुवाडी, मकवानपुरका प्रहरी उपरीक्षक वसन्त लामालगायतले शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७३, शनिबार  ८ : ४८ बजे