केरीको भारत भ्रमण लम्बियो

0 Shares

नयाँ दिल्ली, १६ भदौ । अमेरिकी विदेश मन्त्री जोन केरीले आफ्नो भारत भ्रमण लम्ब्याउनुभएको सरकारी स्रोतले जानकारी दिएको छ ।

तीन दिने औपचारिक भ्रमणको क्रममा विदेश मन्त्री केरी गत सोमबार साँझ राजधानी नयाँ दिल्ली आउनु भएको थियो । बुधबार अबेर राति उहाँ वासिङ्गटनतर्फ फर्किने समय तालिका निश्चित गरिएको थियो ।

विदेशी सञ्चार माध्यमहरुले अमेरिकी विदेश विभागका प्रवक्ता मार्क टोनरलाई उद्धृत गर्दै केरी भारतीय राजधानीमा शुक्रबार या शनिबारसम्म रहनुहुने बताएका छन् ।

यसपछि, चीनको हाङ्गझाउमा हुन गईरहेको जी–२० शिखर सम्मेलनमा भाग लिन आउनु हुने अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेटी बिदेश मन्त्री केरी पनि सँगसँगै सहभागी हुनुहुने छ ।

गतःमङ्गलबार सम्पन्न दोस्रो भारत(अमेरिका व्यापार तथा वाणिज्य रणनीतिगत वार्ता बैठकमा अमेरिकी वाणिज्य मन्त्री पेनि प्रिज्कर तथा विदेश मन्त्री केरीले संयुक्तरुपमा उपसभापतिको आसन ग्रहण गर्नुभएको थियो ।

सो वार्तामा भारतीय पक्षबाट विदेश मन्त्री सुष्मा स्वराज तथा वाणिज्य तथा उद्योग राज्यमन्त्री निर्मला सीतारामनले प्रतिनिधित्व गर्नु भएको थियो ।

विश्वका बीसवटा आर्थिक एवम् औद्योगिक राष्ट्रहरुको सङ्गठन जी–२० को शिखरसम्मेलन यस पटक चीनमा आगामी सेप्टेम्बर ४ देखि ५ सम्म आयोजना गरिँदैछ ।

केरीले बुधबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नुभएको छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार