३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

शिक्षक सङ्गठनको विधान अधिवेशन भोलिदेखि


१४ माघ २०७३, शुक्रबार  

0
Shares

चितवन, १४ माघ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २०औँ राष्ट्रिय परिषद् बैठक तथा प्रथम विधान अधिवेशन भोलिदेखि यहाँ सुरु हुँदैछ ।

अधिवेशनमा देशभरका ४४७ शिक्षकको सहभागिता रहने सङ्गठनका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो । राज्य पुनःसंरचना आयोगले राज्य पुनःसंरचना गरेअनुसार सङ्गठनको संरचनालाई अघि बढाउने उद्देश्यले विधान अधिवेशन गर्न लागिएको उहाँले बताउनुभयो ।

अधिवेशनले शैक्षिक प्रक्रियालाई व्यवस्थित गर्दै अघि बढाउन सहज हुने थापाले बताउनुभयो ।
अधिवेशन दुई दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : १४ माघ २०७३, शुक्रबार  ८ : ३१ बजे