पत्रकार सम्मानित

0 Shares

पोखरा, १७ भदौ । सञ्चारिका समूह पश्चिमाञ्चलले प्रदान गर्ने ‘सञ्चारिका महिला पत्रकारिता पुरस्कार २०७३’बाट पत्रकार वसन्ती बाँस्तोला र ‘गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अवार्ड २०७३’बाट भवानी अधिकारी सम्मानित हुनुभएको छ ।

पत्रकारिताको संस्थागत विकास र पत्रकारितामा निरन्तर क्रियाशील भएको भन्दै अग्रज पत्रकार बद्रीविनोद प्रतीकको संयोजकत्वमा बसेको पाँच सदस्यीय प्रतिभा छनोट समितिले पत्रकारद्वय बाँस्तोला र अधिकारीलाई उक्त पुरस्कार दिने निर्णयबमोजिम बिहीबार आयोजित एक समारोहबीच पुरस्कार प्रदान गरिएको हो ।

सञ्चारिका महिला पत्रकारिता पुरस्कारको राशि रु २० हजार १११ तथा गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अर्वाड २०७३ को राशि रु १० हजार १११ र सम्मानपत्र रहेको छ । उक्त पुरस्कार प्रदान गर्दै सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले विभिन्न समस्याका बाबजुद पनि नेपालमा महिला पत्रकार निरन्तर क्रियाशील रहेको बताउनुभयो ।

सञ्चारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमुना शर्मा वर्षाले पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा क्रियाशील रही समाजका लागि योगदान दिएका कारण अधिकारी र बाँस्तोलालाई पुरस्कृत गरिएको बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार