पर्यटकीय क्षेत्रका दुई बाटो निर्माण

0 Shares

भद्रपुर, १७ भदौ । झापाको धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक स्थल चिल्लागढलाई संरक्षण गर्दै स्थानीय जनताको पहलमा दुईवटा बाटोलाई मर्मतसम्भार गरिएको छ ।

महेन्द्र राजमार्गदेखि दक्षिणतर्फ कन्काइं नदीको पश्चिमी किनारमा रहेको चिल्लागढलाई यसै वर्ष कन्काई नदीमा पटक–पटक आएको बाढीले त्यस क्षेत्रमा कटान गर्दै चिल्लागढलाई जोखिममा पारेको थियो ।

चिल्लागढको संरक्षण एवम संवद्र्धनमा सरकारले गरेको लगानी एवम् त्यसको संरक्षण गर्न स्थानीय जनताले नदीको धार परिवर्तन गरी त्यसबाट निस्किएको नदीजन्य पदार्थबाट झापाको दुईवटा बाटोको मर्मत कार्य सम्पन्न गरेका हुन् ।

सो क्षेत्रमा अविरल वर्षा र कन्काई नदीको बाढी पसेर बाटोलाई बिगारेको थियो । बाढीग्रंस्त क्षेत्रमा उद्धार एवम् राहतको काममा सजिलो बनाउन सो बाटोको मर्मत गरिएको स्थानीय विकास अधिकारी खेमराज ओझाले जानकारी दिनुभयो ।

जिल्ला विकास समितिले सो बाटो मर्मत गर्न कन्काई नगरपालिकालाई उपलब्ध गराएको रु तीन लाख ५० हजारबाट लक्ष्मीमार्गको सुरुङ्गा, लालपानी, मदरगाछ र कुवारी सडक तथा अमरपथको सुरुङ्गा, शरणामती, टाघनडुब्बा, कुमरखोद र दिगलबैंकसम्मको बाटो निर्माण गरिएको कन्काई नगरपालिकाले जनाएको छ ।

चिल्लागढ संरक्षण एवम् संवद्र्धन र विकासमा सक्रिय सहयोग गर्ने स्थानीयवासी अमृतबहादुर कार्कीले चिल्लागढ झापाको मात्र नभएर देशकै सम्पत्ति भएकाले यसको संरक्षण एवम् संवद्र्धनमा सबैको प्रयास आवश्यक छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार