२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

निर्माण सामग्री प्रदर्शनी भृकुटीमण्डपमा


२८ माघ २०७३, शुक्रबार  

7
Shares

काठमाडौँ, २८ माघ । निर्माण सामग्रीसम्बन्धी जानकारी दिने उद्देश्यले तेस्रो अन्तर्राष्ट्रिय निर्माण सामग्री प्रदर्शनी आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।

फागुन १ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी निर्माण सामग्रीका कक्ष प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा हेभी इक्विपमेन्ट पनि राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ठूला पुल र सडक निर्माणमा हेभी इक्विपमेन्टको प्रयोग हुन नसकी दुई चारजनाले काम गरेजस्तो गर्नाले आयोजना समयमै सम्पन्न हुन नसकेको बताउनुभयो ।

Sagarmatha

उहाँले “अर्बौंका आयोजना गुणस्तरीय रुपमा समयमै सम्पन्न हुनुपर्छ, नेपालमा राष्ट्रिय निर्माण क्षमता बढ्न सकेको छैन, यसले गर्दा विकास निर्माणका काम अलपत्र हुने गरेका छन्, यस्ता प्रदर्शनीले निर्माण क्षमता वृद्धिका लागि पनि सहयोग पु¥याउनुपर्छ भन्नुभयो ।”

निर्माण व्यवसायीको प्राविधिक क्षमता बढाउन सरकार पनि तयार रहेको मन्त्री लेखकले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा भारतीय राजदूतावासका विनयकुमार, भारतीय निर्माण सामग्री कम्पनी फ्युचरेक्सका प्रेम अन्वेषी र नवीन महासेठलगायतका वक्ताले भूकम्पपछिको पुनःनिर्माणका लागि प्रदर्शनीले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

यो प्रवदर्शनी विसं २०७१ देखि प्रत्येक वर्ष आयोजना गर्ने गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७३, शुक्रबार  ९ : ०५ बजे