२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

खेल क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान



काठमाडौँ, ८ फागुन । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलकुद क्षेत्रमा योगदान पु¥याउने महिला तथा पुरुष खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी–२०७२ बाट सम्मान गर्ने भएको छ ।

दश वर्षदेखि खेलाडीको हौसला अभिवृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले यही फागुन १७ गते तिनलाई सम्मान गरिने सङ्घका महासचिव दीपक श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्मानित हुनेमा भारोत्तोलनका विकास थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीरबहादुर महरा, कुस्तीका सरोज यादव, धनुकाँडका प्रेमप्रसाद पुन, स्क्वासका अरहान्त सिंह, बक्सिङकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्शलदेवी तामाङ तथा जुडोकी फुपूल्हामु खत्री रहने छन् ।

त्यसैगरी सुटिङकी स्नेहाराज्यलक्ष्मी राणा, साइक्लिङका अजय पण्डित, ट्रायथोलनकी रोजा केसी, कबड्डीका शान्ति मल्ल र लनटेनिसका अभिषेक बास्तोला छन् । यस्तै हक्कीकी कुश्मा राना मगर, खोखोकी अर्पणाकुमारी महतो, पौडीकी गौरिका सिंह, उसुकी निमा घर्ती मगर, टेबल टेनिसका दीप साउद, ह्यान्डबलकी रञ्जना राई र एथलेटिक्सकी हरिकुमार रिमाल पनि सम्मानित हुनुहुनेछ ।

सम्मानित हुनेले जनही रु १० हजारका साथै ट्रफी प्राप्त गर्नेछन् । यस्तै आफ्नो अमूल्य जीवनलाई खेलमा समर्पित गर्दै खेलाडी तथा खेलकुदमा आदर्श व्यक्तित्वका रुपमा परिचित एक सम्मानित व्यक्तित्वलाई रु २५ हजारसहितको गजराज स्मृति आदर्श खेल व्यक्तित्व सम्मान पनि दिइने महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७३, आइतबार  ११ : २१ बजे