२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग


१२ फाल्गुन २०७३, बिहिबार  

7
Shares

काठमाडौँ, १२ फागुन । सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माइतीघर मण्डलामा आज विहान विरोध प्रदर्शन गरेका छन् ।

परापूर्वकालदेखि बस्दै आएका स्थानीयवासीलाई बिनासूचना घर भत्काउने कार्य भइरहेकाले समितिले विरोध प्रदर्शन गरेको हो ।

समितिका संयोजक सुमन सायमीले पछिल्लो पटक अदालतले पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएर मात्र सडक विस्तारको कार्य अगाडि बडाउन सरकारलाई निर्देशन दिएको भए पनि काठमाडौँ उपत्यकाका विभिन्न २२ स्थानमा क्षतिपूर्ति उपलब्ध नगराईकन सडक विस्तार भइरहेकाले त्यसलाई रोक्न माग गर्नुभयो ।

Sagarmatha

उहाँले गैरन्यायिक तरिकाले भइरहेको सडक विस्तारको विकल्प खोज्नुपर्ने बताउँदै सरकारले स्थानीय जनतालाई लालपुर्जा दिएर जनताको जग्गा अतिक्रमण गरिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

त्रिपुरेश्वर, कालीमाटी, कलङ्की क्षेत्रमा अहिले डोजर आतङ्क भइरहेकाले स्थानीय जनतासँग समझदारीमा सडक विस्तार गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७३, बिहिबार  ५ : ११ बजे