हेटौडा, १४ फागुन । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले मानव धर्मले समाजमा धार्मिक सहिष्णुता कायम गर्न महवपुर्ण भुमिका निर्वाह गरेको बताए । मकवानपुरको हेटौडामा जारी नेपाल मान धर्म को स्वर्ण जयन्तीको दोस्रो दिनको उद्धघाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ओलीले धर्मको नाममा साम्प्रदायिक हिंसा फैलाउने काम भईरहेको समयमा मानव धर्मले सवै जातजाति भाषाभाषीलाई एकतामा बाध्दै धार्मिक सहिष्णुता कायम राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
देवभुमि तथा तपोभुमिको देश नेपाल रहेको बताउदै पौराणिक कुराहरु सबैलाई नराम्रो भन्न नमिल्ने र आफ्नो संस्कृतिको समंरक्षण गर्नु सबैले ध्यान दिनु पर्ने उनको भनाई थियो ।
एमाले अध्यक्ष ओलीले विकासोन्मुख राष्ट्रले आफु स्वभिमान र स्वाबलम्बी बन्ने कोसिस गर्दा ठुला राष्ट्रले उक्त कोशिसलाई टाउको दुखाईको विषय बनाउन नहुने बताए । बेद तथा उपनिशदको उद्गम स्थल नेपाल नै रहेको बताउदै नेपाल जहिले पनी छिमेकि संगको सुमधर सम्बन्ध, सद्भाव, मानवतामा विश्वास राख्ने र मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजलाई नेपाल बसाई सुखद रहोस भन्दै स्वर्ण जयन्ती समारोहको शुभकामना समेत व्यक्त गरे ।
यस्तै सत्सगं समारोहलाई सम्वोधन गर्दै मानव धर्मका प्रणेता सतपाल जी महाराजले कार्यक्रमका प्रमुख अतिथी ओलीलाई नेपाली राजनितिको चाणक्य भन्दै राष्ट्रभावले हामीले देशको सेवा गर्नुपर्ने र देशविकासमा योगदान दिनुपर्नेमा जोड दिए । उनले नेपाल मानव धर्मले सवै नेपालीलाई एकतामा बाध्दै समृद्ध राष्ट्र निमार्ण सहयोग गर्ने बताए । गौतम बुद्धको राष्ट्र नेपाल रहेको बताउदै उनले सद्धभाव सवैमा जागृत भएमा राष्ट्र समृद्ध हुने पनि बताए ।
शान्ती, सद्भाव र सहिष्णुताको सन्देश दिदैँ सुरु भएको दुई दिवसिय स्वर्ण जयन्ती सत्सगं समारोह २०७३ सम्पन्न भएको छ ।
शुक्रवारदेखी टि.सी.एन. ग्राउण्डमा सुरु भएको दुई दिने नेपाल मानव धर्म सेवा समिति प्रचारको ५० वर्ष पुराभएको अवसरमा आयोजित स्वर्ण जयन्ती सत्संग समारोहमा छिमेकि मुलुक भुटान भारत र नेपाल बाट करिब ५० हजार भक्तजन र पर्यटकको उपस्थिति थियो ।
१४ फाल्गुन २०७३, शनिबार
0
Shares







