५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

सन्दर्भ स्ववियु निर्वाचन: ओखलढुंगा क्याम्पसका विद्यार्थीको प्रश्नः वनको काठ समेत नछोड्नेले स्ववियुको गरिमा जोगाउँछ ?



२०  फागुन, ओखलढुंगा । ओखलढुंगा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रत्यासी उम्मेदवारहरु भूमिकाका बारेमा विद्यार्थीहरुबीच चर्चा शुरु भएको छ । स्ववियुमा कस्ता उम्मेदवारलाई मतदान गर्ने भन्ने विद्यार्थी माझ छलफल तीव्र बढेको पाइएको छसभापतिका उम्मेदवारहरुबीच एक अकालाई गैर विद्यार्थी भनेर अरोप लगाउन गरिए पनि निर्वाचन केन्द्रित भर्ना गरेका नेतृत्व नै अध्यक्षका उम्मेदवार छन् ।
कुन संगठनका कस्ता उम्मेदवार, के छन् एजेण्डा ?
अनेरास्ववियु
अनेरास्ववियुको तर्फबाट अध्यक्षका उम्मेदवार जीवन कुमार कट्वाल हुन् । उनी स्नातक तह समाजशास्त्रको पहिलो वर्षमा भर्ना भएका छन् । अनेरास्ववियुको जिल्ला कोषाध्यक्ष र उपाध्यक्ष भइसकेका उनी विगतमा अनेरास्ववियुले उठाएका छात्र मैत्री शौचालय, एक संकाय एक जेहन्दार विद्यार्थी पूर्ण छात्रवृत्ति, खानेपानी, पुस्तकालय र विषयगत शिक्षकको व्यवस्था, अनियमित रुपमा लिइने अभ्यास शिक्षणको शुल्क व्यवस्थापन लगायतका मुद्दा लिएर चुनावी मैदानमा छन् । नियमित विद्यार्थीहरु ९० प्रतिशत अखिलमा आवद्ध भएकाले जीत निश्चित रहेको बताएको छ ।
उनलाई अखिल क्रान्तिकारीले निर्वाचनमा भाग लिन मात्र भर्ना गरेको आरोप लगाएको छ ।
नेविसंघ
नेविसंघका उम्मेदवार हरिचन्द्र श्रेष्ठ स्नातक तहमा भर्ना छन् । उनले पनि गुणस्तरीय शिक्षा, विषयतग शिक्षकको मुद्दा उठाएको बताए । उनी विद्यार्थी आन्दोलनमा नजोडिएका व्यक्ति हुन् र हाल सदरमुकाममा व्यापार गर्ने व्यवसायी हुन् । नेविसंघले भने आफुले जित्ने आधार विद्यार्थीहरुको आफ्ना पक्षमा देखिएको लहर रहेको दावी गरेको छ । प्रत्यक्ष तर्फको ९ सिटमा ८ जना मात्र उम्मेदवार छन् ।
क्रान्तिकारी
अखिल क्रान्तिकारीका अध्यक्षका उम्मेदवार बशन्त कट्वाल हुन् । उनी स्नातक तहको प्रथम वर्षमा भर्ना छन् । उनी अरु उम्मेदवारलाई गैर विद्यार्थीको आरोप लगाउने गर्छन् । क्रान्तिकारीका केन्द्रिय सचिव भएकाले उनले जित्ने दावी संगठनले गर्दै आएको छ ।
अध्यक्षका उम्मेदवार वशन्त कट्वाल भने आफै सामाजिक रुपमा दण्डित व्यक्ति हुन् । निगाले गैरा पाखा सामुदायिक वन उपभोक्ता समुह तलुवाको वनमा ढलेका काठ लिलामी गर्दा काठ काट्ने क्रममा गैह्र कानुनी रुपमा सिधा रुख काटेपछि गत माघमा आम भेलाबाट उनलाई समुहले सार्वजनिक रुपमा माफी मगाइ २० हजार रुपैंया जरीवाना गराइएको समुहका सञ्जु श्रेष्ठले बताए । उपभोक्ताले रुम्जाटार रेञ्ज पोष्टमा कट्वालमाथि कारवाहीको माग गर्दै उजुरी गर्न पुगेपछि स्थानीय तहमै मिलाउन कार्यालयले भनेकाले उपभोक्ताको भेलाबाट २० हजार रुपैंया जरीवाना गराई दण्डित गरेको श्रेष्ठले जानकारी दिए ।
क्याम्पसमा नियमित अध्ययन गर्ने विद्यार्थीहरुले भने यसरी सामाजिक रुपमा दण्डित व्यक्तिले स्ववियुको गरिमा जोगाउने भन्दा बद्नाम गर्ने बताउँन थालेका छन् । स्ववियुको गरिमा जोगाउन स्वच्छ व्यक्ति निर्वाचित गर्नु पर्ने भदै अनेरास्ववियुले विद्यार्थीहरुँग अपिल गरेको छ । अनेरास्ववियुको तर्फबाट अध्यक्षका उम्मेदवार जीवन कट्वालले सामुदायिक वनको काठ समेत नछोड्नेको उम्मेदवारी लाजमर्दो भएको भन्दै स्ववियुमा इमान्दार विद्यार्थी नेताले जित्नु पर्ने बताए ।
समाजवादी विद्यार्थी फोरम
संघीय समाजवादी फोरम निकट समाजवादी विद्यार्थी फोरमले अध्यक्षसहितका मुख्य पद सहित केही सदस्यमा उम्मेदवारी दिएको छ । विद्यार्थीमाझ स्थापि संगठन नभएकाले पहिचानका लागि उम्मेदवारी दिएको प्रतिस्पर्धी संगठनहरुले बताएका छन् । निर्वाचनमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीबीचमै प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७३, शुक्रबार  ११ : १५ बजे