संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पाँच सय मुद्दा फिर्ता लिन आग्रह

0 Shares

काठमाडौँ, १७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका क्रममा पक्राउ परेका ४९१ जनाको मुद्दा फिर्ताका लागि सरकारलाई सूची बुझाएको छ ।

सरकारसँग समन्वय गर्न गठित मोर्चाको कार्यदलले आज गृह मन्त्रालयमा सूची बुझाएको मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनीष सुमनले राससलाई जानकारी दिए । उनका अनुसार मोर्चाको टोलीले मुद्दा फिर्ताको सूची गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतलाई बुझाएको हो ।

मोर्चाले १६ जना बाँकी सहिदबारे मन्त्रालयको स्मरण गराउँदै दुई हजार घाइतेमध्ये अहिलेसम्म १९ जनाले मात्र उपचार खर्च पाएकाले बाँकी सबै घाइतेलाई उपचार खर्च दिन ताकेता गरेको छ ।

आन्दोलनका क्रममा अङ्गभङ्ग भएकाको जीवनपर्यन्त भरणपोषण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको महासचिव सुमनले बताउनुभयो । त्यसैगरी न्यायिक छानबिन आयोगलाई छिटोभन्दा छिटो पूर्णता दिई काम थाल्न मोर्चाले आग्रह गरेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार