इराकमा अगस्ट महिनामा छ सय एकानब्बेको मृत्यु:राष्ट्रसङ्घ

7 Shares

इराक, १६ भदौ । इराकमा हिंसा, सशस्त्र द्वन्द्व तथा आतङ्कवादी हमलामा परी सन् २०१६ को अगस्टमा मात्र ६९१ जना इराकी नागरिकले ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घको इराकस्थित सहायता अभियानले बिहीबार जनाएको छ ।

राष्ट्रसङ्घको तथ्याङ्कअनुसार उक्त महिनाभर भएका सशस्त्र द्वन्द्वमा परी ४७३ जना सामान्य नागरिकको मृत्यु भएको र ८१३ नागरिक घाइते भएका छन् ।

यही अवधिमा आतङ्ककारी हलमा तथा अन्य झडपमा परी सरकारी सुरक्षाकर्मीतर्फ २१८ जनाले ज्यान गुमाएका छन् भने २०३ जना घाइते भएको राष्ट्रसङ्घको इराकस्थित मिसनले एक विज्ञप्तिमार्फत जनाएको छ ।

इराकमा अहिले पनि आतङ्कवादी हमला तथा द्वन्द्वरत पक्षबीच भएका झडपमा ठूलो सङ्ख्यामा सामान्य नागरिकको र यसो हुनु दुःखद भएको राष्ट्रसङ्घका इराकी मिसन प्रमुख जान कुबिसले बताउनुभएको छ ।

उहाँले हत्या, हिंसाले मुलुकको विकासमा समस्या हुने तथा अनाहकमा आफ्नै नागरिकको ज्यान जाने बताउँदै हिंसाविरुद्ध एक भई अघि बढ्न आग्रह पनि गर्नुभएको छ । रासस/एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार