२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

स्थानीय निर्वाचन अगाडि संविधान संशोधन नहुने


२३ फाल्गुन २०७३, सोमबार  

0
Shares

भक्तपुर, २३ फागुन । नेकपा (एमाले)का नेता रवीन्द्र अधिकारीले स्थानीय निर्वाचन अगाडि कुनै हालतमा संविधान संशोधन नहुने बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा आज भएको साक्षात्कार कार्यक्रममा नेता अधिकारीले ‘एमालेको मेची–महाकाली अभियान देखेर केही शक्ति तर्सिएकाले अभियान बिथोल्न दुस्साहस गरेको’ टिप्पणी गर्दै संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानाको विकल्प छैन भन्नुभयो ।
प्रजातान्त्रिक पद्धतिमा हरेक राजनीतिक दललाई राजनीतिक सभा गर्ने छुट रहेको बताउँदै एमालेले तराई–मधेसका जनतालाई सचेत गराउन जागरण अभियान थालेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “मधेसी मोर्चाको मागलाई थाती राखेर भए पनि तोकिएको मितिमा निर्वाचन गर्नुपर्छ, तोकिएको मितिमै निर्वाचन गर्नुको विकल्प छैन ।”
व्यवस्थापिका–संसद्का सभापति अधिकारीले राजदूत, प्रहरी महानिरीक्षक नियुक्तिजस्ता विषयमा सरकार चुकेको आरोप पनि लगाउनुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७३, सोमबार  १२ : ४७ बजे