३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

चौथो पूर्वाञ्चल क्षेत्रीय महोत्सव सम्पन्न


३० फाल्गुन २०७३, सोमबार  

0
Shares

गाईघाट (उदयपुर), ३० फागुन । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्कको परिसरमा सञ्चालन हुँदै आएको चौथो पूर्वाञ्चल क्षेत्रीय महोत्सव आइतबार साँझ सम्पन्न भएको छ ।

एघार दिनसम्म सञ्चालन भएको महोत्सवमा झन्डै रु दुई करोड बढीको आर्थिक कारोबार भएको त्रियुगा उद्योण वाणिज्य सङ्घ गाईघाटले बताएको छ ।

स्थानीयस्तरमा उत्पादित वस्तु, हस्तकला तथा घरेलु उत्पादन गरिएका सामग्री प्रचारप्रसार गर्न र बजार विस्तार गर्ने लक्ष्यका साथ आयोजना गरिएको उक्त क्षेत्रीय महोत्सवमा २०० व्यापारिक स्टल सञ्चालन भएको त्रियुगा उद्योण वाणिज्य सङ्घ गाईघाटका महासचिव चूडामणि कार्कीले बताउनुभयो ।

गायकद्वय दीपक लिम्बू र शिव परियारले महोत्सवमा गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्दै महोत्सवको समापन भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७३, सोमबार  ५ : ०० बजे