२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

सङ्घीयतासँग मिल्दो किसिमको निर्वाचन हुनुपर्ने माग


३० फाल्गुन २०७३, सोमबार  

0
Shares

काठमाडौँ, ३० फागुन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संविधानले स्विकारेको सङ्घीयतासँग मिल्दो किसिमको निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको छ ।
मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज प्रकाशन गर्नुभएको विज्ञप्तिमा प्रदेशको टुङ्गो नलाग्दै पहिले स्थानीय निर्वाचन गर्ने निर्णयले सङ्घीयता समाप्त हुने खतरा उत्पन्न हुने जनाइएको छ ।

कञ्चनपुरमा सामान्य ढल बनाउने विषयमा भएको विवादमा भारतीय सीमा सुरक्षा बलले नेपाली युवकको हत्या गर्नु र नेपाल सरकारले त्यसको विरोधमा दह्रो कुरा नसक्नु र राजविराजमा प्रहरीले दिउँसै चलाएको गोलीबाट पाँच नेपालीको ज्यान जानुले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता तथा नेपाली लोकतन्त्रको अवस्था स्पष्ट खुलेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७३, सोमबार  ११ : ५० बजे