३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

डढेलो नियन्त्रणका लागि पोखरी निर्माण


३ चैत्र २०७३, बिहिबार  

7
Shares

काठमाडौँ, ३ चैत । वन विभागले वनमा हुने डढेलो नियन्त्रणका लागि चुरे क्षेत्रसँग जोडिएका ३६ जिल्लामा करिब २०० पोखरी निर्माण गरेको छ ।

बर्सेनि लाग्ने डढेलोका कारण पशुपक्षी र जनधनको क्षति भएकाले त्यसको रोकथाम गर्न पोखरी निर्माण गरेको विभागका उपसचिव मोहनराज काफ्लेले जानकारी दिनुभयो । अत्याधिक आगलागी हुने डडेलधुरा, कैलाली, कञ्चनपुर, सुर्खेत, दाङ, बारा, पर्सा, रौतहट, झापालगायत चुरे सँग जोडिएका जिल्लाका वनमा पोखरी निर्माण गरिएको छ ।

यस्तै आगालागी नियन्त्रणका लागि स्वयम्सेवक, सुरक्षा निकाय र सुराकी परिचालन गरिएको छ । आगो नियन्त्रण कार्यमा प्रभावकारी भूमिका खेल्ने संस्थालाई पुरस्कार समेत प्रदान गरिने काफ्लेले बताउनुभयो । वनमा डढेलो नियन्त्रण गर्न सकियोस भन्ने उद्देश्यले यही चैत १ गतेदेखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह’ सञ्चालन गरिएको छ । वनमा आगो लगाउनेलाई विगोसहित रु १० हजार जरिवना वा एक वर्ष कैद वा दुबै सजाय हुने कानुनी प्रावधान रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७३, बिहिबार  १२ : १३ बजे