ज्यान मुद्दाका दोषी युवक गिरफ्तार

0 Shares

लहान, १८ भदौ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर डेढ वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले गए राति गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले अदालतबाट कैद सजाय पाएर फरार रहेका सिरहा, गोलबजार नगरपालिका–६ निवासी ३२ वर्षीय विनोदकुमार यादवलाई गिरफ्तार गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट २०७१ फागुन १८ गते यादवलाई २० वर्षको कैद सजायको फैसला गरेको थियो । फरार रहेका यादव आफ्नै घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार