२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

सबै स्थानीय तहमा सफाइ अभियान


४ चैत्र २०७३, शुक्रबार  

7
Shares

काठमाडौँ, ४ चैत । वाग्मती सफाइ महाअभियानले ३०० औँ हप्ताको सफाइसम्म सात सय ४४ वटै स्थानीय तहमा सरसफाइ अभियान पु¥याउने भएको छ ।

सफाइ महाअभियानले २०० हप्ता पार गरेको अवसरमा समीक्षा गर्न आज मुख्यसचिव डा सोमलाल सुवेदीले आयोजना गरेको बैठकमा वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकका २६ स्थानमा सफाइ अभियान सुरु भइसकेको जानकारी गराइएको छ । मुख्यसचिव डा सुवेदीले फागुन २८ गते जारी गरिएको दशबुँदे घोषणापत्र कार्यान्वयनका लागि लाग्न सरकारका सचिव एवम् वाग्मती अभियानकर्मीलाई अनुरोध गर्नुभयो । समीक्षामा सरकारका सचिव एवम् वाग्मती अभियानकर्मीको सहभागिता थियो ।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर सिरहा, कास्की(पोखरा), बाँके(नेपालगन्ज), कैलाली(धनगढी), गोरखा(मनकामना क्षेत्र), दाङ, दैलेख, सुर्खेतलगायत स्थानमा सफाइ अभियान सुरु भएको अभियानकर्मी केशवप्रसाद पुडासैनीले बताउनुभयो । सफाइ महाअभियानको २०० औँ हप्तामा शङ्खमूलसम्म स्नान गर्न सक्ने गरी तयारी गरिए पनि ढल व्यवस्थापनको काम नसकिएकाले स्नानयोग्य हुन सकेन । चैतको पहिलो शनिबार दुई सय एकऔँ हप्ताको वाग्मती सफाइ पशुपति राममन्दिर क्षेत्रमा गरिने बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७३, शुक्रबार  १२ : ५२ बजे