२८ असार २०८२, आइतबार | Sun Jul 13 2025

रेवान पोखराका अध्यक्षमा गुरुङ



पोखरा, १८ भदौ । रेस्टुराँ एन्ड बार एसोसियसन नेपाल (रेवान पोखरा) को शुक्रबार सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनले चौबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सो समितिका प्रथम उपाध्यक्षमा भीमसेन भुजेल, द्वितीय उपाध्यक्षमा लक्ष्मण बराल, महासचिवमा विश्वराज पौडेल, सहसचिवमा गणेशबहादुर थापा, कोषाध्यक्षमा योगेश भट्टराई र सहकोषाध्यक्षमा वैभव पौडेल रहेका छन् ।

त्यस्तै सदस्यमा वसन्त गाौतम, नरेश भट्टराई, निरञ्जन ढकाल, विष्णु बानियाँ र दोर्जे लामा चयन भएका छन्।

प्रकाशित मिति : १८ भाद्र २०७३, शनिबार  ३ : ५१ बजे