रकम फिर्ता भएकामा चिन्ता

0 Shares

जाजरकोट, १८ भदौ । नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयन र चुनाव गर्न नसके देश सङ्कटमा पर्ने चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय कालेगाउँमा उनकै घर नजिकै रहेको शिव व्यावसायिक मावि कालेगाउँमा आफ्नो सम्मान कार्यक्रममा पूर्वगृहमन्त्री बस्नेतले संविधानको कार्यान्वयनले मात्र नयाँ अवसर, नयाँ सम्भावना अनि विकास गर्न सकिने बताए ।
वर्सेनि केन्द्रबाट पठाइएको बजेट काम गर्न नसकेर फ्रिज भएकामा दुःख व्यक्त गदै उनले जिल्लाको बजेटले खासै देखिने काम केही नभएकामा असन्तुष्टि व्यक्त गरे ।

अर्काे प्रसङ्गमा उनले नलसिंहगाड जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न आफूले पहल जारी राखेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार