२६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

राप्रपाको प्रदर्शन, वरिष्ठ नेता राणा सामान्य घाइते



 

काठमाडौँ, ७ चैत । विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निकालिएको विरोध जुलुस प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपमा परी पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित केहि कार्यकर्ता समान्य घाइते भएका छन् ।

निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले जमलमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेका थिए ।
समान्य घाइते भएका वरिष्ठ नेता राणाले शान्तिपूर्ण तवरले राजनीतिक गतिविधि सञ्चालन गर्दा प्रहरी दमन भएकोमा दुःख व्यक्त गर्दै निर्वाचन आयोगले सो विषयलाई पुनः विचार नगरेमा पार्टी सरकारबाट बाहिरिन सक्ने सङ्केत गर्नुभयो ।

प्रकाशित मिति : ७ चैत्र २०७३, सोमबार  ९ : ४८ बजे