जेष्ठ नागरिक परिचयपत्र’ पाएपछि खुसी हँुदै वुद्ववृद्वा

0 Shares

पाल्पा, १८ भदौ । पाल्पा जिल्लाका ज्येष्ठ नागरिकलाई ‘जेष्ठ नागरिक परिचयपत्र’ वितरण गर्न थालिएको छ ।

महिला तथा बालबालिका कार्यालयले पहिलोचरणमा दशजना वृद्ध, वृद्वालाई ‘जेष्ठ नागरिक परिचयपत्र’ वितरण गरेको हो ।

तानसेन नगरपालिका– ३ का ७७ वर्षीय द्वारिकाप्रसाद शर्मालाई एक नम्बरको परिचयपत्र महिला विकास प्रमुख तुल्सा अर्यालले प्रदान गर्नुभयो । परिचयपत्र पाएपछि यहाँ वृद्धहरुको अनुहारमा खुसी छाएको थियो ।

‘बूढेसकालमा राज्यले आफूहरुको हितमा काम गर्न थालेकोले वृद्धाहरु निकै हर्षित बन्न थालेका छन् । सरकारले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तासमेत बढाएको र यो परिचयपत्रले जेष्ठ नागरिकको सम्मान भएको शर्मा बताउनुहुन्छ ।

तानसेन– ३ की ७८ वर्षीया पूर्णमाया महर्जनले परिचयपत्र पाएपछि निकै खुसी हुनुभयो । राज्यले समाजका जेष्ठ नागरिकका लागि यो ठूलो सम्मान गरेको बताउनुभयो ।

तानसेनकै अर्का ६८ वर्षीय डिलबहादुर शाक्यको पनि अनुहारमा खुसीको मुस्कान देखिएको थियो । परिचयपत्र पाएपछि तानसेनकै ६१ वर्षीय दुर्गा सारु, ६८ वर्षीय शालिकराम अधिकारी, ७२ वर्षीय जगन्नाथ शर्मा लगायतको अनुहारमा परिचयपत्रले खुसी ल्याएको थियो ।

पाल्पा जिल्लामा ७० वर्ष नाघेका झन्डै ४९ हजार बढी जेष्ठ नागरिक रहेका छन् । पाल्पा जिल्लामा जेष्ठ नागरिकका लागि हावापानी उपयुक्त रहेको जानकारहरु बताउँछन् ।

प्रमुख अर्यालले जेष्ठ नागरिकको हितका लागि परिचयपत्र लाभदायी हुने बताउनुहुन्छ । अन्य जेष्ठ नागरिकलाई समेत छिटै परिचयपत्र वितरण हुने जानकारीसमेत उहाँले गराउनुभयो ।
फुर्सुदमा समय बिताउनका लागि दिवाश्रम बनाउन सकेको अवस्थामा वद्धहरुलाई सबै भन्दा हित हुने र वृद्धहरुको नियमित भेटघाट हुनेस्थल बन्ने वृद्धहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार