संविधान कार्यान्वयन पहिलो प्राथमिकता–मन्त्री बुढाथोकी

0 Shares

सुरुङ्गा(झापा), १८ भदौ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । संविधान कार्यान्वयन भएपछि मात्रै देशले फड्को मार्ने भएकाले सरकारले जतिसक्दो चाँडो संविधान कार्यान्वयन गराउन प्रयत्न गर्छ मन्त्री बुढाथोकीले भन्नुभयो ।

संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचन गराउन सरकार लागि परेको छ भन्दै उहाँले भन्नुभयो–‘स्थानीय निकायको निर्वाचन भएपछि मात्रै स्थानीय तहको विकास निर्माणका कामले पनि गति लिन्छ ।’

एक फरक प्रशङ्गमा मन्त्री बुढाथोकीले कर्मचारी सरुवा र बढुवाका लागि आफूलाई जति नै दबाब आए पनि नियम विपरित कुनै कार्य नगर्ने उल्लेख गर्नु भयो ।

मन्त्री बुढाथोकी नेपाल आदिवासी जनजाति महासङ्घ झापाको विर्तामोडमा हुने अधिवेशनको उद्घाटनका लागि आज झापा आउनु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार