सोलुखुम्बु, १२ चैत । नेपाल तरुणदल सोलुखुम्बुले स्थानीय निर्वाचनलाई लक्षित गर्दै बृहत तरुण जागरण कार्यक्रम सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गर्ने भएको छ । आउने वैशाख ३१ गतेको स्थानीय निर्वाचनलाई लक्षित गर्दै तरुणदल सोलुखुम्बुले बृहत तरुण जागरण कार्यक्रम गर्न लागेको तरुणदल सोलुखुम्बुका अध्यक्ष अशोक झाले बताए ।

स्थानीय निर्वाचनको लागि एक नगरपालिका र सात गाउँपालिकामा रहेका प्रत्येक तरुणहरुलाई सो बृहत कार्यक्रममा सहभागि गराइने समेत अध्यक्ष झाले बताए । कार्यक्रममा प्रमुख वक्ताको रुपमा प्रमुख अतिथि बलबहादुर केसी र विशेष अतिथि उदयशंसेर राणा रहने छन् । यसको साथै जिल्ला स्थित नेपाली काङग्रेसका अन्य नेताहरु रहने छन् ।
बृहत तरुण जागरण कार्यक्रमा सोलुखुम्बुका सबै तरुणहरुलाई उपस्थित हुन समेत अध्यक्ष झाले अनुरोध गरेका छन् । कार्यक्रम यहि चैत १६ गते हुनेछ ।
१२ चैत्र २०७३, शनिबार
0
Shares







