१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

बुल्गेरियामा संसद् निर्वाचनको सुरुवात


१३ चैत्र २०७३, आइतबार  

0
Shares

 

सोफिया, १३ चैत । बुल्गेरियामा आइतबार बिहान सबेरै संसद्को निर्वाचन सुरु भएको छ । स्थानीय समयानुसार आइतबार बिहान ७ बजेबाट १२ हजार ८१ वटा मतदान केन्द्र मतदानका लागि खुल्ला गरिएको छ ।

सो मतदान केन्द्र स्थानीय समायानुसार आइतबार बेलुका ८ बजे बेलुका बन्द हुने केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

यस संसदीय निर्वाचनमा २४० जना सांसद निवार्चित हुनेछन् । यस निर्वाचनमा ११ राजनीतिक पार्टी र नौवटा संयुक्त गठबन्धन पार्टी गरेर चार हजार ६८० जना उम्मेदवारले संसद् निर्वाचनको उम्मेदवारी दिएका छन् ।

राजनीतिक र नौवटा संयुक्त गठबन्धन पार्टीले चार प्रतिशतभन्दा कम मत प्राप्त गरेको खण्डमा संसद् प्रवेश गर्न पाइने छैन । यस निर्वाचनमा ६८ लाख योग्य मतादाता रहेको जनाइएको छ । रासस/सिन्हवा

प्रकाशित मिति : १३ चैत्र २०७३, आइतबार  ११ : १९ बजे