६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्तः नेता राणा



 

काठमाडौँ, १३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई कायम गरी छाड्ने बताउनुभएको छ ।

काठमाडौँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको ‘जनताका माझमा राप्रपा’ विषयक अगुवा कार्यकर्ता भेलामा उहाँले सोही सिद्धान्तका आधारमा पार्टीले पटकपटक जनताको विश्वास प्राप्त गरेको बताउँदै निर्वाचन आयोगले षड्यन्त्रपूर्ण तरिकाले सो सिद्धान्तलाई विधानबाट खारेज गर्न गरेको निर्णय अवैध रहेको बताउनुभयो ।

आसन्न स्थानीय तहको चुनावमा पार्टीलाई कसरी सफल बनाउने भन्नेबारेमा नेता तथा कार्यकर्ताले चिन्ता गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिनुभयो ।

Sagarmatha

पार्टीका नेता राजाराम श्रेष्ठले कार्यकर्ताको बलिदान र मेहेनतले अहिले पार्टीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान कायम गरेको बताउँदै कार्यकर्ताको मनोभावनालाई बुझेर पार्टी नेतृत्व अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

काठमाडौँ जिल्ला कार्यसमितिका सल्लाहकार किरण गिरीले १५ वर्षदेखि हुन नसकेको स्थानीय तहको चुनाव निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगर कार्यसमितिका अध्यक्ष कृष्ण बज्राचार्यले पार्टीले लिएका विचारलाई वडा, गाउँ, नगरमा पु¥याएर जनताको विश्वास आर्जन गरी पार्टीलाई विजयी बनाउनुपर्ने बताउनुभयो । रासस

प्रकाशित मिति : १३ चैत्र २०७३, आइतबार  १२ : ४२ बजे