ओखलढुंगा, १५ चैत । नेकपा एमालेको चिसंखुगढी गाउँ पालिका कार्यालय आ
ज सेर्नामा उद्घाटन भएको छ । कार्यालय बृहद कार्यकर्ता भेलाकाबीच सांसद हर्कबोल राईले उद्घाटन गर्नुभएको हो । सेर्नामा चिर्वाचन परिचालन कमिटी र खिल नेपाल महिला संघ समेत गठन भएको छ । केशव भट्टराईको अध्यक्षतामा ४७ सदस्यीय चिर्वाचन परिचालन कमिटी र माधवी ढुंगेलको अध्यक्षतामा २५ सदस्यीय महिला संघ गठन भएको हो एमालले निर्वाचन परिरचालन कमिटी र संगठन विस्तारलाई चिसंखुगढीमा तीव्रता दिएको छ । ‘
यस गाउँ पालिकामा रहेका ७ गाविस मध्ये ०५४ को स्थानीय निर्वाचनमा पाँच गाविस जितेको थियो । यस पटक पनि गाउँ पालिकासहित सबै वडा जित्ने तयारीका साथ महिला तथा युवा परिचालनको रणनीति एमालेले बनाएको छ । युर्थ फोर्स जस्तै दस्ताले विपक्षीका गतिविधी अप्रत्यक्ष रुपमा निगरानी गर्ने एमाले स्रोतले जनाएको छ ।







