ओखलढुंगा, १७ चैत । नेकपा एमालेको प्रचार अभियान जिल्लाभर तीब्र छ । पुर्वको चिसंखुगढी गाउँपालिकामा एमालेको चुनावी अभियानसँगै पार्टी प्रवेशको लहर चलेको छ । यो गाउँपालिकामा एमालेले दियाले र भदौरै बाहेक प्रचार तथा निर्वाचनव परिचालनको काम सम्पन्न गरेको छ । माम्खाबाट शुरु गरेको अभियान पोखरे पुगको छ भने शुक्रबार दियालेमा कार्यक्रम गर्ने तयारी भएको छ ।
यस्ता छन् चुनावी कमाण्डर
महिला र युवाको समेत छुट्टाछुट्टै निर्वाचन परिचालन कमिटी गठन भएका छन् । वडा नं. ८ माम्खामा सुशिलजंग कार्कीको अध्यक्षतामा ५७ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । त्यस्तै आषेश राइको अध्यक्षमा २५ सदस्यीय युवा समिति गठन भएको छ ।
रातमाटे मा दीप बहादुर वस्नेतको अध्यक्षतामा ४५ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको हो । नेकपा एमालेका नेता तथा सांसद हर्कबोल राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कल्पना बस्नेतको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल महिला संघ समेत गठन भएको छ । 
त्यस्तै नेकपा एमालेको चिसंखुगढी गाउँपालिका कार्यालय मैगलबार सेर्नामा उद्घाटन गरिएको छ । भएको छ । कार्यालय बृहद कार्यकर्ता भेलाकाबीच सांसद हर्कबोल राईले उद्घाटन गरेका थिए । सेर्नामा निर्वाचन परिचालन कमिटी र अखिल नेपाल महिला संघ समेत गठन भएको छ । सेर्नामा केशव भट्टराईको अध्यक्षतामा ४७ सदस्यीय चिर्वाचन परिचालन कमिटी र माधवी ढुंगेलको अध्यक्षतामा २५ सदस्यीय महिला संघ गठन भएको हो
त्यस्तै बुधबार कुइभीरमा केशव निरौलाको अध्यक्षतामा ३९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । बिहीबार हेमकुमार घिमिरेको संयोजकत्वमा ३९ सदस्यीय निर्वाचन परिचालन कमिटी र चम्पादेवी थापाको अध्यक्षतामा अखिल नेपाल महिला संघ गठन भएको छ । कार्यक्रममा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई साँसद हर्कबोल राईले पार्टीमा स्वागत गर्नुभएको एमालेका पोखरेका नेता जीवन थापाले बताए ।
काँग्रेसबाट डिकबहादुर खड्का र माओवादी केन्द्रबाट पार्वती घिमिरेलगायत रहेका छन् । एमालेको अभियानसँगै गाउँमा चुनावी माहौल निर्माण भएको छ । यस गाउँ पालिकामा रहेका ७ गाविस मध्ये ०५४ को स्थानीय निर्वाचनमा पाँच गाविस जितेको थियो । यस पटक पनि गाउँ पालिकासहित सबै वडा जित्ने तयारीका साथ महिला तथा युवा परिचालनको रणनीति बनाएको छ, भने युवा परिचालन गर्ने नीति पनि एमालेले ल्याएको छ । निर्वाचनको अवधिमा युथ फोर्स जस्तै दस्ताले विपक्षीका गतिविधी अप्रत्यक्ष रुपमा निगरानी गर्ने एमाले स्रोतले जनाएको छ ।
१७ चैत्र २०७३, बिहिबार
7
Shares







