२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

सङ्घीयतासहितको शिक्षा नियमावली आउँछ ः प्रधानमन्त्री


१८ चैत्र २०७३, शुक्रबार  

0
Shares

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा ऐन (आठौँ संशोधन), २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गराइने आश्वासन दिनुभएको छ ।

गत असारमा ऐन संशोधन भए पनि हालसम्म नियमावली नआउँदा शिक्षा क्षेत्रमा अन्योल उत्पन्न भएको भन्दै आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएपछि उहाँले सो आश्वासन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाई समेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको बताउनुभयो ।

Sagarmatha

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तथा सार्क शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले आफूहरुलाई सङ्घीय संरचनासहितको नियमावली आउँदा कुनै आपत्ति नहुने तर त्यसका नाममा जारी गर्न ढिला गर्न नहुने आग्रह गर्नुभयो ।

सो प्रतिनिधिमण्डलले आजै उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि तथा उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापालाई पनि सो विषयबारे अवगत गराएको जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७३, शुक्रबार  ८ : २८ बजे